वडामा कृषि तथा पशुपंक्षी सञ्जाल गठन कार्य सुरु - Pahilo Online

वडामा कृषि तथा पशुपंक्षी सञ्जाल गठन कार्य सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका वडामा कृषि तथा पशुपंक्षी सञ्जाल गठन कार्य सुरु भएको छ । नगरको कृषि तथा पशुपंक्षी शाखाको पहलमा आज वडा नम्बर १० मा सञ्जाल गठन भएको हो । वडा कार्यालयमा भएको कृषक तथा पशुपालकहरुको भेलाले कमलबहादुर बुढाथोकीको अध्यक्षतामा वडाका टोल तथा क्षेत्र समेटेर ९ सदस्यीय सञ्जाल गठन गरेको हो । समितिको सचिवमा टंकप्रसाद फूयाल, कोषाध्यक्षमा मीना तामाङ तथा सदस्यहरुमा वीरबहादुर बस्नेत, उजुरबहादुर राई, शान्ता राई, कुमार विश्वकर्मा, दानबहादुर लिम्बू र नगेन्द्र ढकाल चयन भएका छन् ।


कार्यक्रममा बोल्दै कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखाका कर्मचारी टीकादेवी राईले कृषक तथा पशुपालकहरुको समग्र हकहित तथा व्यवसायिक प्रवद्र्धनमा योजना तय गर्ने काममा लागि सञ्जालको महत्व रहने बताए । सञ्जालले आजै पहिलो बैठक सम्पन्न गरेको छ । उता, आज वडा नम्बर ५ मा सञ्जाल गठन गर्ने विषयमा कृषक तथा पशुपालकहरुबीच छलफल भएको र अर्काे भेलामा सञ्जाल गठन हुने कृषि शाखा प्रमुख सावित्रा कार्कीले जानारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes