मेलमिलापका क्रममा आउने समस्या र त्यसको समाधानका विषयमा अन्तरक्रिया - Pahilo Online

मेलमिलापका क्रममा आउने समस्या र त्यसको समाधानका विषयमा अन्तरक्रिया

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिको न्यायिक समितिले शनिबार मेलमिलाप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । १० वटै वडाका मेलमिलापकर्ताहरुको सहभागितामा अधिवक्ता गणेश लुइटेलले मेलमिलापका क्रममा आउने गरेका समस्या र त्यसको समाधानका विषयमा अन्तरक्रिया गराउनु भएको थियो ।


मेलमिलापकर्ताहरुले मेलमिलापका क्रममा आएका समस्याहरुका प्रस्तुत गरेपछि त्यसमाथि अन्तरक्रिया भएको थियो । कार्यक्रमका सभाध्यक्ष नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले न्यायिक समितिमा आएका उजुरीमाथि मेलमिलाप गराउँदा केही समस्याहरु आउने गरेपनि त्यसको समाधानको बाटो खोजेर सवैजसो उजुरीमा मिलापत्र गराउन सफल भइएको बताइन् ।

कार्यक्रममा, नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता दीपककुमार राई, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा, पर्शुराम न्यौपाने र उजुरी प्रशासक विश्वमणि निरौलाले न्याय सम्पादनका क्रममा आएका समस्या र समाधानका प्रयासहरुका बारेमा जानकारी गराए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes