धनकुटामा बेवारिसे ४ सय १० केजी गाँजा नष्ट - Pahilo Online

धनकुटामा बेवारिसे ४ सय १० केजी गाँजा नष्ट

writer

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले अबैध रुपमा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको गाँजा बुधबार नष्ट गरेको छ । धनकुटाको शहिदभुमी गाउँपालिका वडा नं. १ चोच्चे भञ्ज्याङबाट बेवारिसे अवस्थामा बरामद गरिएको ४ सय १० केजी गाँजा नष्ट गरेको हो ।

प्रहरीले गत माघ १५ गते सहिदभभुमी गाउँपालिका वडा नं. १ चोच्चेस्थित धरापडाँडाको जंगलबाट ३ सय केजी र गत माघ २५ देखि २९ गतेसम्म सहिदभुमी गाउँपालिका वडा नं. १ कै भञ्ज्याङको जंगलबाट १ सय १० केजी गाँजा काटेर सढाएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

बरामद गरिएको गाँजा बुधबार जिल्ला प्रहरी कार्यालय परिशरमा जलाएर नष्ट गरिएको हो । धनकुटाको सहिदभुमी गाउँपालिकामा अवैध रुपमा गाँजा खेती हुने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सो गाँजा बरामद गरेको एसपी अधिकारीको भनाइ छ । यसअघि प्रहरीले लागु औषध नियन्त्रण सम्बन्धी विशेष अभियान अन्तर्गत धनकुटा जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा व्यवसायिक रुपमा रोपिएको गाँजा नष्ट गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes