वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री - Pahilo Online

वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री वितरण गरेको छ । वडाको खेलकुद शिर्षकको कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँको बजेटमा फुटबल, फुटबल नेट, भलिबल, भलिबल नेट, क्रिकेट ब्याट, जर्सी सहित १८ प्रकारका सामग्री वितरण गरिएको हो ।

वडाध्यक्ष यामप्रसाद गुरागाईं, वडा सचिव विन्दु सुवेदी, वडा सदस्यहरु अरुणा राई, अग्नी गुरुङ, पर्शुराम न्यौपाने र सीता भुसाल तथा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल सहितले वडा खेलकुद विकास समितिका संयोजक बिक्की राईलाई सामग्री हस्तान्तरण गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes