गत ८ महिनामा ४ हजार ६ सय ८९ मुद्धा दर्ता, २७ करोड भन्दा बढी राजश्व संकलन - Pahilo Online

गत ८ महिनामा ४ हजार ६ सय ८९ मुद्धा दर्ता, २७ करोड भन्दा बढी राजश्व संकलन

writer

मोरङ । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्धा दर्ता र २७ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।

संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ५३९ जना फरार प्रतिवादी पक्राउ गरी ६४२ बर्ष कैद भुक्तान भई , २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार १६५१.६८१ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने ११३१.७९० केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ३४ हजार ९५९ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ५ हजार ३०५ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु १ हजार ८६४ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ५४१ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १४२ जना मानिस पक्राउ गर्नुका साथै १३ करोड १८ लाख ६ हजार ८०६ रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४० जना मानिस र ५९८ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ४५ लाख ६६ हजार ७२० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ गर्नुका साथै २०३७ क्यू.फिट. काठ बरामद गरी ३० लाख ९५ हजार २०० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ८ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख ७९ हजार ३४९ वटा सवारी साधनलाई कारवाही गर्दा ११ करोड १७ लाख २६ हजार राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ८ महिनामा मात्र कुल २७ करोड १५ लाख ३७ हजार ४७० राजश्व संकलन भएको हो । यसैगरी अघिल्लो ३ आर्थिक बर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes