वडा नम्बर १ मा उद्यमशिलता विकास तालिम - Pahilo Online

वडा नम्बर १ मा उद्यमशिलता विकास तालिम

writer

पथरी शनिश्चरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका वडा नम्बर १ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ ।

नगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा लघु उद्यमी बन्न चाहने आर्थिक विपन्नहरुको छनौट गरेपछि ८ दिने तालिमको सुरु गरिएको हो । तालिमको एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाट्न गर्दै घरमै बसी बसी महिलाहरु उद्यमी बन्न सक्ने उपायको खोजी गर्न यस प्रकारको कार्यक्रम अघि बढेको जानकारी दिइन् ।


नगरको लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी जानुका भण्डारीले पनि मन्तव्य व्यक्त गरे । सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रममार्फत छनौट गरिएका आर्थिक विपन्न महिलाहरुका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले कार्यक्रमको सहजिकरण गरेकी हुन् । ‘व्यवसाय सचेतना तथा सुरु र लैंगिक तथा सामाजिक समावेशिकरण’ नाम दिइएको सो तालिम चैत १० सम्म सञ्चालन हुनेछ । कार्यक्रमका लागि छनौट गरिएको वडा नम्बर २ र ३ मा यसअघि सो तालिम सम्पन्न भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes