इटहरी उपमहानगरको आठौ नगरसभा सम्पन्न - Pahilo Online

इटहरी उपमहानगरको आठौ नगरसभा सम्पन्न

writer

इटहरी उपमहानगरको आठौ नगरसभा सम्पन्न भएको छ । फागुन १४ गते सुरु भएको सभा चैत २ र ३ गरि तीन दिन वसेर सम्पन्न भएका हो । सभाले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको छ । यसैगरि विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन संसोधन विधेयक पारित भएको छ ।

यसैगरी नगरसभाले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्बधमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ पारित गरेको छ । यस्तै विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्ने सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक, इटहरी उपमहानगरपालिकाको केहि ऐनलाई सम्सोधन गर्न वनेको विधेयक, इटहरी स्वास्थ्य ऐनका सम्वन्धमा बनेको विधेयक, इटहरी भूउपयोग तथा जग्गा ब्यवस्थापन गर्न वनेको विधेयक, टोल विकास सस्था संचालन तथा ब्यवस्थापन गर्न वनेको विधेयक पारित भएको छ ।

सभामा विधेयक माथि भएको छलफलमा नगरसभा सदस्यहरु गणेश केसी, तोया ढकाल र कुमारी न्यौपानेले भाग लिएका थिए । छलफलमा उठेका विषयको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिइन् । सभाको समापनमा मन्तब्य ब्यक्त गर्दै प्रमुख द्धारिकलाल चौधरीले कोरोना महामारीका कारण लक्ष्य वमोजिमको राजश्व संकलन हुन नसक्दा सातौ नगरसभाबाट स्वीकृत कार्यक्रम र विकास निर्माणमा असर परेको बताए । यस्तो परिस्थितिमा सीमित स्रोत साधनका बावजुद पनि नगरवासीका आकांक्षा र चाहना पूरा गर्न उपमहानगर लागि परेको बताए । उनले आठौ नगरसभाले पारित ऐन कार्यावन्यन गर्न लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes