कुम्मायक गाउँपालिकास्थित पम्पिङ खानेपानी योजनाको पानी आउनै छाड्यो - Pahilo Online

कुम्मायक गाउँपालिकास्थित पम्पिङ खानेपानी योजनाको पानी आउनै छाड्यो

writer

१ वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पम्पिङ खानेपानी योजनामा समस्या आई पानी आउन छाडेको छ । ओलिले अब पानी डोकामा बोकेर उकालो ओरालो गर्ने दिन गए भन्दै भाषण दिएका थिए । पाँचथरको कुम्मायक गाउँपालिकास्थित पम्पिङ खानेपानी योजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भनेका कुरा कुम्मायकवासीले अझै पनि बिर्सिएका छैनन् । तर अहिले त्यही खानेपानी योजना सञ्चालनमा चुनौती देखा परेको छ । ३ हजार ४३ घरधुरीका १३ हजार बढी नागरिकलार्ई खानेपानीको पहुँचमा पु¥याउन सञ्चालित योजनामा चुनौती देखा परेको हो । देशकै नमुना र पम्पिङ प्रविधिको ठूलो योजनामा पम्प, ट्रान्सर्फमर र विद्युत्मा समस्याका कारण सञ्चालनमा समस्या देखिएको छ ।

उपभोक्ताहरुको भान्सासम्म नियमित पानी पुग्न छाडेपछि स्थानीय चिन्तित भएका छन् । पानीको नियमित मासिक महसुल बुझाउनु पर्छ, तर धारामा पानी महिनामा २० दिनसम्म मुस्किलले आउँछ स्थानीय कालीप्रसाद चेम्जोङले गुनासो गर्दै भने । उनी मात्रै होइन बजारमा व्यवसाय गर्दै आएका युवराज निरौलाको पनि उस्तै समस्या छ । उनी भन्छन् एकतिर धारामा पानी आउँदैन, अर्कातिर विकास निर्माणको कामले महिनौसम्म पानी अवरुद्ध हुन्छ । अनि महिना पुग्ने बित्तिकै पैसा तिर्नुपर्छ । नियमित खानेपानी योजनामा देखिएको चुनौतिको पहिचान गर्न खानेपानी विभाग अन्तर्गत रहेको सुख्खाक्षेत्र विभागले पनि चासो दिएको छ ।

विभागका प्रमुख अरुणकुमार सिंखडासहितको प्राविधिक टोलीले केही दिनअघि मात्रै योजानाको अनुगम र निरीक्षण समेत गरेको छ । टोलीमा संघीय खानेपानी तथा व्यवस्थापन आयोजना इलामका प्रमुख सुरतलाल चौधरी, खानेपानी गुणस्तर परामर्शदाता डा. हरिप्रसाद पाण्डेलगायतको टोलीले प्राविधिक समस्याको विषयमा अध्ययन र अनुसन्धान गरेको छ ।

उपभोक्ताको भान्सासम्म खानेपानीको पहुँच पु¥याउन उपभोक्ता समितिले टोलीलाई ६ सूत्रीय माग राखेको समितिका कार्यवाहक अध्यक्ष मेघराज निरौलाले बताए । ‘हामीले योजनामा समस्याबारे विभिन्न निकाय हुँदै विभागसम्म समस्या पुर्याएका थियौं, त्यसपछि टोलीले योजनाको अनुगमन र निरीक्षण गरेको हो, हामीले वास्तविक समस्या राख्यौं, समाधान गर्छौं, भन्ने जवाफ पाएका छौं ।’ निरौलाले भने ।

उपभोक्ता समितिले पम्प र प्यानल बोर्डको क्षमता वृद्धि गर्न साथै सात वटा स्टेशनमा स्टेबिलाइजरको व्यवस्था गर्नेलगायत ६ सूत्रीय माग राखेको छ । तत्काल योजनामा देखिएका समस्याको विषयमा विभाग सकारात्मक देखिएको छ । खानेपानीको नियमित आपूर्तिलाई सहज गर्न देखा परेका प्राविधिक कठिनाइलाई समाधान गर्ने सुख्खाक्षेत्र विभागका प्रमुख अरुणकुमार सिंखडाले बताए ।

पाँचथरकै योजनाले गर्दा खानेपानी विभाग अन्तर्गत सुख्खाक्षेत्र विभाग स्थापना भएको हो । यही योजनाले गर्दा अहिले देशका धेरै स्थानमा यस्तै प्रविधिका योजना सञ्चालनमा छन् । उनले भने, ‘यासोक सुख्खाक्षेत्र योजनामा देखिएको प्राविधिक समस्या हल गर्न चाँडै गृहकार्य गर्छौं ।’ खानेपानीको जोहो गर्न घण्टौ धाउने गरेका कुम्मायकबासीको सपना तमोर खानेपानी योजना हो । यो योजनाबाट पानी भान्सासम्म पुग्दा दंग भएका उनीहरु विगतका दिन दोहोरिने हो कि ? भन्ने चिन्तामा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes