विदेश पठाउने भन्दै लाखौ रकम उठाएर कन्सल्टेन्सी सञ्चालक फरार - Pahilo Online

विदेश पठाउने भन्दै लाखौ रकम उठाएर कन्सल्टेन्सी सञ्चालक फरार

writer

इटहरी । इटहरीमा सञ्चालीत एक कन्सल्टेन्सीले ठगी गरी सञ्चालक फरार भएको छ । कन्सल्टेन्सीका सञ्चालक दीपकप्रसाद ढुङ्गेल र विशाल आचार्यले केहिबाट लाखौं रकम उठाएर बेपत्ता भएका छन् । रोजगारीका लागि विदेश पठाउने भन्दै २ लाख ५० हजारदेखि २ लाख ७० हजार रुपैयाँसम्म उठाएर फरार भएका हुन् । मोरङको बेलबारी–४ का टङ्कप्रसाद दाहालले ऋण गरेर कन्सल्टेन्सीमा बुझाएको रकम लिएर सञ्चालक फरार हुँदा चिन्ताले सताएको बताए ।

एकाएक सञ्चालकहरू कार्यालय नै छोडेर भागेको पाइएपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी र श्रम तथा रोजगार कार्यालय विराटनगरमा खोजी गरी कारबाहीको दायरामा ल्याइदिन माग गर्दै उजुरी दिएका छन् । इटहरी उपमहानगरपालिकामा भर्खरै दर्ता गरिएको कन्सल्टेन्सीले युएई मात्रै नभई युरोपियन मुलुकमा समेत पठाउने भन्दै रकम उठाएको युवाहरूले बताएका छन् ।

इटहरी उपमहानगरमा २२२०५०÷२०७६÷२०७७ मा दर्ता भई पान नम्बर ६१२४८९१७ समेत लिएको कन्सल्टेन्सीले ठगी गर्नकै लागि मात्रै संस्था दर्ता गरेको हुनसक्ने आशङ्का गरिएको छ । युवाहरूलाई युएई हुँदै फ्रान्ससम्म पु¥याउने आश्वासन दिएर रकम सङ्कलन गरिएको हो ।

इटहरी–४ का टेकबहादुर कार्कीका अनुसार रकम लिनेह्ररूले अनलाइन फारम भराएर प्रक्रिया स्वीकृत भएको आश्वासन दिने गरेका थिए । दुबईमा रहेको कम्पनीमार्फत् रोजगारीका लागि पठाएको निवेदन स्वीकृत भएको भन्दै उनीहरूले युवाहरूलाई झुक्याएका हुन् । आइतबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा वैदेशिक रोजगार ऐन २०६४ को दफा ४० बमोजिम कसुर गरेकोले ऐ. ऐ (क) को ४३ मुताविक कारबाही गरिपाउँ भन्दै पीडितमध्येका कार्कीसहित ३७ जनाले उजुरी गरेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले वैदेशिक रोजगारमा ठगी गरेको भन्दै प्रहरीमा पीडितहरू आएको बताए । ‘उहाँहरू आए पनि हामीले कारबाही गर्न सक्दैनौं श्रम विभाग जानू भनेको थिएँ’–डिएसपी केसीले भने । विदेश पठाउने भन्दै कागज नै गरेर सञ्चालकहरूले ठगी गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ठगीमा परेकामध्ये इटहरी–१८ का लक्ष्मणकुमार चौधरीसमेत ३७ जनाले नै जिल्ला प्रशासन कार्यालय सुनसरीमा समेत उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई फरार सञ्चालकद्वयको खोजी गरी पक्राउ गर्न निर्देशनसमेत दिइसकेको छ । तर, पक्राउ गर्ने दिएको निर्देशन बारे भने इटहरी प्रहरीलाई थाहा नभएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes