संस्थागत क्षमता स्वमुल्याङकन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु - Pahilo Online

संस्थागत क्षमता स्वमुल्याङकन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको संस्थागत क्षमता स्वमुल्याङकन सम्बन्धी अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौं र कलबलगुढी प्रदेश प्रशिक्षण केन्द्र झापाको आयोजनामा सञ्चालित कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला तथा कार्यपालिका सदस्य र नगरका शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा नगरपालिकाको शासकीय प्रवन्ध, संगठन र प्रशासन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, बार्षिक वजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, न्यायिक कार्य सम्पादन, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, समन्वय र सहकार्यका विषयमा चर्चा गरिएको छ । ती विषयवस्तुको कार्यसम्पादनमा संस्थागत क्षमताका बारेमा चर्चा गर्दै त्यसको स्वमुल्याङकन गरिएको छ ।

भोलीसम्म अभिमुखिकरण कार्यक्रम सञ्चालन हुने र अन्य २ दिन स्वमुल्याङकन सम्बन्धी प्रतिवेदन तयारीको कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतका कर्मचारी होमप्रसाद पौडेल र रविन्द्रप्रसाद वस्तीले अभिमुखिकरणको सहजिकरण गरेका छन्

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes