झापामा माओवादी केन्द्रको आफ्नै कार्यालय स्थापना - Pahilo Online

झापामा माओवादी केन्द्रको आफ्नै कार्यालय स्थापना

writer

झापा । बिर्तामोड नगरपालिका–३ स्थित गौरीशङ्कर स्मृति प्रतिष्ठानको भवनमा नेकपा माओवादी केन्द्रले शुक्रबार एक कार्यक्रमबीच जिल्ला कार्यालय स्थापना गरेको हो। कार्यकर्ताले कार्यालय स्थापना गरेसँगै नेकपा माओवादी केन्द्र झापा लेखिएको बोर्ड राखेका छन्।

प्रदेश सांसदद्वय झलकसिंह दर्लामी र पूर्णसिंह राजवंशीले कार्यालय उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै सांसदद्धयले जिल्लामा माओवादी केन्द्रलाई थप मजबुत बनाउँदै लैजानु पर्ने जिम्मेवारी कार्यकर्ताको काँधमा आएका बताएका थिए। कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका मणिकुमार साम्पाङ (विजय)ले गरेका थिए।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि नेकपाको जिल्ला कार्यालयमा एमाले बोर्ड राखिसकेको छ। सो कार्यालय तत्कालीन एमालेकै जिल्ला कार्यालय भएकोले नेकपाको नाम मेटाएर एमाले राखिएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles