मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु - Pahilo Online

मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु

writer

झापा । दमक नगरपालिका –५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । गत राती सभा ९ बजे प्रदेश १–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक ऐ.ऐ. ८ बस्ने ५० बर्षीय ईन्द्र भुजेलको लाईफ लाईन दमक अस्पताल उपचारमा लग्दा बाटोमा नै मृत्यु भएको छ भने मोटरसाईकल चालक ऐ.ऐ. ४ बस्ने २६ बर्षीय संजोक सुन्दास समेत घाईते भई बिएण्डसि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes