३ दिने व्यवसायिक बङ्गुर पालन तालिमको समापन - Pahilo Online

३ दिने व्यवसायिक बङ्गुर पालन तालिमको समापन

writer

सुनसरी । बङ्गुर पालनलाई व्यवसायीक बनाउन दलित विकास समिति धरानले सञ्चालन गरेको ३ दिने तालिम सम्पन्न भएको छ । फागुन २४ गतेदखि सञ्चालित तालिममा विभिन्न वडाका २० जना सहभागी थिए । जसमध्ये ९ जना परम्परागत रुपमा बङ्गुर पालन गर्दै आएका छन् । सहभागी देवराज दर्नालले आफुले व्यवसायीक रुपमा बङ्गुर पालन व्यवसाय सञ्चालन गर्दै आएकाले तालिम महत्वपुर्ण भएको बताए । उनले तालिममा व्यवसायलाई कसरी व्यवसायीकरण गर्ने, कस्तो बङ्गुर उपयुक्त हुने, खानापान, वातावरण लगायतका बारेमा जानकारी भएको बताए । सहभागी गीता चर्मकारले व्यवसाय सञ्चालन, बङ्गुरको व्यवस्थान बारे जानकारी भएको बताइन् । उनले परम्परागत रुपमा गर्दै आएको व्यवसायलाई आधुनिकिकरण गर्ने सम्बन्धि पनि जानकारी भएको बताइन् ।

३ दिनसम्म सञ्चालित तालिमको सहजिकरण बङ्गुर विज्ञ भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र सुनसरीका निमित्त प्रमुख मनोजकुमार मेहताले गरेका थिए । साथै पशुसेवा कार्यालय धरानका प्रमुख महेन्द्र पैकारा र बराह कृषि परियोजनाका प्रमुख दिलबहादुर रामदामले सहजीकरण गरेका थिए । समितिले सहभागीहरुलाई स्थलगत अनुगमन तथा अबलोकनका लागि भ्रमणमा पनि लगेको छ । धरान उपमहानगर कृषि शाखा प्रमुख नगेन्द्र तामाङ, सामाजिक विकास महाशाखाकी प्रतिनिधि गङ्गादेवि खापुङ, सहभागीसहित समितिको समुहले धरान–२० को किरातेश्वर कृषि (बङ्गुर) फर्मको स्थलगत अनुगमन भ्रमण गरेको हो ।

समापन कार्यक्रम बोल्दै समितिका संयोजक किशोर परियारले दलित समुदायका बेरोजगार पुरुष तथा महिलालाई स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको बताए । उपमहानर सामाजिक विकास महाशाखाको आर्थिक वर्ष २०७७–७८ को अन्य लक्षित तर्फ दलित समुदायको क्षमता विकास अन्र्तगतको २५ हजार ९ सय रुपैयाँ बजेटबाट तालिम गरेको समितिका सदस्य सचिव तारा लामगादेले बताए । उनले कार्यक्रममा सहभागीलाई यातायात खर्च ३ सय रुपैयाँ दिएको जानकारी दिए । तालिम विश्वकर्मा कल्याण सेवा समितिको सभाहल धरान–३ मा भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes