कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ - Pahilo Online

कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ

writer

मोरङ । मोरङ विराटनगर –११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको ईनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ । उनले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी विक्री बितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes