धनकुटा नगरपालिकालाई खुल्ला महिला भलिबलको उपाधि - Pahilo Online

धनकुटा नगरपालिकालाई खुल्ला महिला भलिबलको उपाधि

writer

धनकुटा । धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रथम उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले हात पारेको छ । प्रतियोगिताको फाइनलमा धनकुटा नगरपालिकाले सहिदभूमि गाउँपालिकालाई २५–१८, २५–६, र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि वुधवार हात पारेको हो । प्रतियोगिताको विजेता धनकुटा नगरपालिकाले नगद ४० हजार रुपैयाँ ट्रफि हात पारेको छ भने उपविजेता सहिदभूमि गाउँपालिकाले नगद २० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी धनकुटा नगरपालिकाकी शान्ता राई, उत्कृष्ट सर्वर धनकुटा नगरपालिकाकै प्रेमिका राई घोषित भएकी छन । यस्तै प्रतियोगिताको उत्कृष्ट सटर धनकुटा नगरपालिकाकी हेमिना राई र उत्कुष्ट डिफेन्डर सहिदभूमि गाउँपालिकाकी जानुका राई घोषित भएका छन । यता प्रतियोगिताको अनुशासित टीम साँगुरीगढी गाउँपालिका घोषित भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई आयोजकले विधा अनुसार पुरस्कृत गरेको थियो भने अनुशासित टीमलाई जिल्ला भलिबल संघका कोषाध्यक्ष दिनेशराज सुवेदीले पुरस्कार सौजन्य गरेका थिए ।

सोमबारबाट सुरु प्रतियोगितामा धनकुटा जिल्लाका ९ वटा टिमको सहभागिता रहेको जिल्ला भलिबल संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले जानकारी दिए । यो वर्षबाट सुरु भएको प्रतियोगिता आगामी वर्षमा पनि निरन्तर गरिने कार्कीले जानकारी दिएका छन् । प्रतियोगिताका विजेता खेलाडीहरुलाई धनकुटा नगरपालिकाकी उप–प्रमुख शकुन्तला बस्नेत, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नेश्वरी राई लगाएतले नगद, ट्रफि, मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes