लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ - Pahilo Online

लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ

writer

झापा । झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज दिउसो ११ बजे लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् ।

प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं. १०५ बाट उनिहरुलाई प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध अफिम २ किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes