एमाले–माओवादी अलग्गीए संगै मुख्यमन्त्री राई सुरक्षित - Pahilo Online

एमाले–माओवादी अलग्गीए संगै मुख्यमन्त्री राई सुरक्षित

writer

मोरङ । सर्वोच्च अदालतले दुई कम्युनिष्ट पार्टीबीचको एकतालाई अस्वीकार गरेपछि प्रदेश १ का मुख्य मन्त्री शेरधन राई सुरक्षित भएका छन् । प्रचण्ड–माधबकुमार नेपालले नेतृत्व गरेको समूह आ–आफ्नो पूर्व पार्टीमै रहनेगरी छुट्टिने निर्णय गरेको छन् । सोमबार पेरिसडाँडामा बसेको सो समूहको बैठकले अदालतको फैसला कार्यान्वयन गर्दै प्रचण्डले नेकपा माओवादी केन्द्र ब्युँताउने र माधवकुमार नेपाल नेकपा एमालेमै फर्कने निर्णय गर्दा संकटमा परेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सरकार सुरक्षित बनेको छ ।

प्रचण्ड–माधवकुमार नेपालबीच सहमतिमै छुट्टिने निर्णय भएपछि प्रदेश १ मा देखिएको राजनीतिक उल्झन पनि समाधानउन्मुख भएको हो । नेकपाका बहुमत प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री राई विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका कारण अन्यौलग्रस्त बनेको प्रदेशसभाको गणितमा सर्बोच्चको आदेशपछि फेरबदल आएको छ ।

अब प्रदेश १ मा नेकपा एमाले ५१ जना प्रदेशसभा सदस्यसहित सुविधाजनक बहुमतमा पुगेको छ । जसले गर्दा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार पनि अब सुरक्षित हुने भएको छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा अब नेपाली कांग्रेस २१ सिटसहित प्रमुख प्रतिपक्षमै रहनेछ भने नेकपा माओवादी केन्द्र तेश्रो ठूलो दलको रुपमा १६ सिटसहित प्रतिपक्षमा रहनेछ । प्रदेशसभामा जनता समाजवादी पार्टीको ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक सिट छ ।

नेकपाका संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अदालतको फैसलापछि प्रदेश १ मा एमालेको एकलौटी सरकार रहेको दाबी गर्नुभएको छ । अब मुख्यमन्त्री शेरधन राईले दलभित्र विश्वासको मत लिएर एमालेको सरकारलाई निरन्तरता दिने राजभण्डारीले बताउनुभयो । सर्बोच्चको फैसलापछि पार्टी आ–आफ्नो भएकाले अविश्वासको प्रस्तावको औचित्य समाप्त भएको उहाँको दावी छ ।

नेकपा विभाजनपछि गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा ३७ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पछि ६ जनाले हस्ताक्षर फिर्ता लिएका थिए । अविश्वासको प्रस्ताव फागुन ७ गतेको प्रदेशसभा बैठकमा पेश भइसकेको छ । सभामा प्रस्ताव पेश भइसकेकोले अब त्यसबारे के हुन्छ भन्ने यकिन भइसकेको छैन ।

तत्कालीन एमालेभित्र माधव नेपाल समूह ओली समूहभन्दा बलियो अवस्थामा थियो । तर, पछिल्लो समय मुख्यमन्त्री शेरधन राईको पक्षमा बहुमत सदस्यहरु खुलेका कारण माधवकुमार नेपाल समूह कमजोर भएको छ । पछिल्लो अवस्थामा मुख्यमन्त्री राईको पक्षमा ३१ जना एमालेका सांसदहरु खुलेका थिए । यसरी हेर्दा मुख्यमन्त्री राईसँग दलको नेतामा पराजित हुनुभएका भीम आचार्यको पक्षमा २० सदस्य मात्र रहने देखिएको छ ।

नेता आचार्यले संसदीय दलको नेताका लागि भएको तात्कालिन निर्वाचनमा २४ मत प्राप्त गर्नुभएको थियो भने राई २६ मत प्राप्त गरी नेता चयन हुनुभएको थियो । पछिल्लो समय अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी फिर्ता लिएर नेपाल समूहका ५ जना मुख्यमन्त्री राईको पक्षमा लागेपछि सो संख्या बढेर ३१ पुगेको हो । जसले गर्दा मुख्यमन्त्री राई दलको नेता र मुख्यमन्त्रीमा पूर्णतः सुरक्षित देखिएका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes