एमाले र माओवादी अलग्गीए - Pahilo Online

एमाले र माओवादी अलग्गीए

writer

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी समूह अलग अलग हुने भएको छ । सर्वोच्चले आइतबार दिएको फैसला पछि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड–माधव नेपालको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बरिष्ठ नेता झलनाथ खनालका अनुसार पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए ।

यता, माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ,’ नेपालले भने । उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes