चैत अन्तिम साताबाट विराट गोल्डकप आयोजना हुने - Pahilo Online

चैत अन्तिम साताबाट विराट गोल्डकप आयोजना हुने

writer

मोरङ । पूर्वी नेपालको मोफसलकै चर्चित प्रतियोगिता विराट गोल्डकप आयोजना हुने भएको छ । विभिन्न कारणले २०७४ बाट रोकिएको प्रतियोगिता चैत्र अन्तिमबाट हुने आयोजकले जनाएको छ । पछिल्लो समय विराटनगरको शहिद रंगशालामा बनेको ‘फ्लड लाईट’ सँगै हौसिएको विराट ट्रसले चैत २६ गतेबाट प्रतियोगिता आयोजना गर्ने भएको हो । ‘यसै चैतको अन्तिम साताबाट प्रतियोगिता आयोजना हुनेगरि तयारी गरिरहेको छौं । हामी अन्तिम चरणमा छौं,’ विराट गोल्डकप ट्रसका सदस्य बसन्त अर्यालले बताए ।

गत वर्ष एन्फाले विराटनगरमा आयोजना गरेको पाचौं संस्करणको महिला साफ च्याम्पियनसिप लगत्तै प्रतियोगिता आयोजना गर्न आटेको ट्रसले फ्लड लाईटको समस्याकै कारण आयोजना हुन पाएन । यस पटक भने प्रदेश सरकारको सहयोगमा ‘फ्लड लाईट’ बनेसँगै ट्रसले छैटौं संस्करणको विराट गोल्डकप गर्न लागेको हो । जसको लागि उसले एन्फाबाट स्वीकृति समेत पाईसकेको छ । द्रुत गतिमा तयारी गरिरहेका आयोजकले केहि टिमलाई पत्र समेत पठाईसकेको छ । आयोजकले यस पटक १० टोली सहभागीता गराउने निर्णय गरेको छ । जसमा १ आयोजक रहने छ भने ३ भारतीय टोली रहने छन् ।

ए’ डिभिजन लिग विजेता मछिन्द्रसँगै मनाङ, पुसिल, एपीएफ, संकटा, थ्रीस्टार, गोर्खा ब्वाईज लगायतलाई ट्रसले पत्र दिएको छ । लिग उपविजेता आर्मीले भने एएफसी कप छनोटमा सहभागीता जनाउने हुँदा प्रतियोगितामा सहभागीता नजाउने निर्णय गरेको छ । यस अघि भएको पाचौं संस्करणको दिवा रात्रि प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले उचालेको थियो । थ्रीस्टारले हालको त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको थियो ।

आयोजक ट्रसले यस अघिको पाँचौं संस्करण अस्थायी फ्लड लाईटमा आयोजना गरेपनि यस पटक भने प्रदेश सरकारले स्थायी रुपमा संचालनमा ल्याएको लाईटमा खेल खेलाउने छ । प्रतियोगिताको विजेताले १५ लाख १५ हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको विधागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्दा प्रत्येक खेलको म्यान अफ दि म्याचले जनही १५ हजार प्राप्त गर्नेछन् । फेयर प्ले टोलीले २५ हजार प्राप्त गर्दा सर्बाधिक गोलकर्ताले २५ हजार पाउने छ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes