सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्तिको ब्यवस्था - Pahilo Online

सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्तिको ब्यवस्था

writer

सुनसरी । इटहरीमा लैङ्गिक हिंसा न्यूनिकरण अभियानलाई थप प्रभावकारी वनाउन सवै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्तिको ब्यवस्था गरिएको छ । विद्यालयका शिक्षिका, शिक्षक मध्ये एक जनालाई लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको हो । इटहरीका सवै ३६ वटा विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्ति रहेका छन् ।

उनीहरुले विद्यालय तथा आसपासको समुदाय सँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताइन् । हिंसा वाट जोगिन के गर्नुपर्छ, हिंसा भइहाले के गर्ने? भन्ने बिषयमा उनीहरुले विद्यालयमा सचेतनामूलक कक्षा संचालन गर्नेछ । सामुदायिक विद्यालयहरुमा तोकिएका लैङ्गिक सम्पर्क ब्यक्तिका लागि उपमहानगरले अभिमुखिकरण सम्पन्न गरेको छ । अव प्रत्येक विद्यालयका लैङ्गिक सम्पर्क ब्यक्ति र विद्याार्थीहरु विच पनि अभिमुखिकरण कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख गौतमले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes