सुनसरी । धरान–१३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरिएको छ । बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको Diazelab –१० ऐम्पुल, Phenergan –२३ ऐम्पुल, Avil–१३ ऐम्पुल र Lupigesic –११ ऐम्पुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका मगर उपर थप अनुसन्धान भईरहेको छ ।