कानेपोखरी । कानेपोखरी गाउँपालिका ६ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शैक्षिक सामग्री र डस्टबिन प्रदान गरेको छ । आइतबार सरसफाई तथा स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो। सो कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई कापीकलम प्रदानसहित सरसफाइ तथा स्वास्थ्य सचेतनासंग संम्बन्धित जानकारी संस्थाका कर्मचारीहरुले गराएका थिए।
वार्ड नं. ६ का अध्यक्ष खड्क बहादुर बस्नेत, वडासदस्य, स्थानीय बुद्धिजीवीलगायत स्थानीयको बाक्लो उपस्थिति संस्थाका कर्मचारीसंगै वडाका प्रतिनिधिले सम्पूर्ण विद्यार्थीलाई कापीकलम बाँडेका थिए। वडाअध्यक्ष खड्क बस्नेतले विद्यालयले हालको अवस्थामा गरेको भौतिक, शैक्षिक लगायतको प्रगतीबारे प्रशंसा गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोग प्राप्त हुने आशा रहेको बताए।