पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन् समितिले आफ्नो नियमित अनुगमन्का क्रममा आज वडा नम्बर १० को एउटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले मनकामना चोक सडक स्तरोन्नती कार्यको अनुगमन गरेको हो । वडा कार्यालयको ६ लाख तथा उपभोक्ताहरुबाट ९२ हजार ४ सय ३६ रुपैयाँ गरी कुल ६ लाख ९२ हजार ४ सय ३६ रुपैयाँको लागतमा सडकको दुवैतर्फ ९२/९२ मिटर गरी कुल १ सय ८४ मिटर ड्रेन निर्माण गरिएको हो । नालाको भाग सोलिङ समेत गरिएको ड्रेन २ फिट मोटाइ र १ फुट चौडाईको रहेको छ ।