इटहरी उपमहानगरको आठौ नगरसभा सुरु - Pahilo Online

इटहरी उपमहानगरको आठौ नगरसभा सुरु

writer

सुनसरी । इटहरी उपमहानगरको आठौ नगरसभा सुरु भएको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड १९का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको वताए । उनले सातौ नगरसभाले स्वीकृत गरेको वजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको वताए ।

सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान प्रस्तुत गरे । यसैगरि सभामा उपमेयर गौतमले विनियोजन ऐन विधेयक,आर्थिक ऐन संसोधन विधेयक, विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्र्ने सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक, इटहरी स्वास्थ्य ऐनका सम्वन्धमा वनेको विधेयक, इटहरी भू उपयोग तथा जग्गा ब्यवस्थापन गर्न वनेको विधेयक र टोल विकास संस्था संचालन तथा ब्यवस्थापन गर्न वनेको विधेयक २०७७ पेश गरे । चालु नगरसभामा अर्को वैठक फागुन २५ गते वस्ने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes