तीन स्थानमा भएको सवारी दुर्घटनामा ४ जना घाइते - Pahilo Online

तीन स्थानमा भएको सवारी दुर्घटनामा ४ जना घाइते

writer

सुनसरी । धरानको विभिन्न तीन स्थानमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । धरान २ स्थित देशिलाइनमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा दुई जना घाइते भएको छन् । घाइतेहरुमा धरान १६ का ६५ वर्षीय को १५ प ४२३२ नम्बरको स्कुटर चालक ओलीमान राई र सोहि स्कुटरको पछाडी सवार धरान ११ का १९ वर्षीय अनिस राई रहेको इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ज्ञानेन्दे बहादुर बस्नेतले बताएका छन । उनका अनुसार स्कुटरसंग ठक्किने को ९ प ५२१३ नम्बरको मोटरसाइकल चालक धरान १५ का सन्देश राईलाइ प्रहरीले नियन्त्रण्मा लिएको छ ।

त्यस्तै, धरान ३ स्थित कैलाश पथमा पनि को ३० प ७०८५ नम्बरको स्कुटर र ०१–०२–०४३ प २३०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा स्कुटर चालक धरान ५ का ४८ वर्षी उमेश मेहता घाइते भएको डिएसपी बस्नेतले बताएका छन् । दुर्घटनापछि मोटरसाइकल चालक धरान १४ का १९ वर्षीय शृत राईलाई भने प्रहरीले नियन्त्रण्मा लिएको बस्नेतले जनाकारी गराएका छन् ।

त्यसैगरी, धरान १३ मा को १ ख ७१३१ नम्बरको टिपरको ब्रेकफेला भएर इलाका प्रसान कार्यलयको नजिकैरहेको रविन राईको घर भित्र छिर्दा घर भित्र रहेको १५ वर्षीय छोरा बसन्त राई घाइते भएको डिएसपी बस्नेतले बताएका छन । गिट्टी बोकेको उक्त टिपरले सोहि ठाउँमा को १० प ७१३१ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको उनले जनाएका छन । ठक्कर दिने टिपरका चालक धरान १० का दशरथ राईलाई प्रहरी नियन्त्रण्मा रहेका छन् भने, घाइतेहरु चारैजनाको धरान स्थति बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी बस्नेतले बताएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes