आफूहरुको कार्यकालमा सवै मुलवाटोहरु कालोपत्रे गरिसक्नेः इटहरी उपमहानगरमा प्रमुख - Pahilo Online

आफूहरुको कार्यकालमा सवै मुलवाटोहरु कालोपत्रे गरिसक्नेः इटहरी उपमहानगरमा प्रमुख

writer

इटहरी । इटहरी उपमहानगरमा प्रमुख द्धारिकलाल चौधरीले आफूहरुको कार्यकालमा इटहरीको ग्रामिण क्षेत्रका सवै मुलवाटोहरु कालोपत्रे गरिसक्ने वताए । इटहरी वडा नम्वर ४ को वडा कार्यालय भवन शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले सो कुरा बताएका हुन् । वहुवर्षिय सडक योजना अन्र्तगत गाँउ गाँउका मुलवाटोहरु धमाधम कालोपत्रे भइरहेको उनले जानकारी दिए । उनका अनुसार पाँच वटा मुल वाटो कालोपत्रे भइसकेको छ । अरु योजनामा धमाधम काम भइरहेको छ ।

गाँउलाई शहर सँग जोडदै ग्रामिण जनतालाई उपमहानगरवासी भएको अनुभूति हुन थालेको उनको भनाई छ । नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपरेको उनको दावी छ । आफनो सम्पूर्ण ध्यान इटहरीको विकासमा भएकाले यो बर्ष गत वर्षहरु भन्दा वढि विकास भएर इटहरीको विकास र सम्वृद्धिले नयाँ उचाई प्राप्त गर्ने वताए । कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणकार्यको गुणस्तरमा कुनै सम्झौता नहुने वताए ।

उनले जनतालाई आफनै भवनवाट सेवा प्रदान गर्न वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको वताए । वडा कार्यालय शिलान्यास कार्यक्रममा वडाध्यक्ष चन्द्र भटटराईले इटहरी वडा नम्वर ४ मा विकास निर्माण कार्यले तिव्रता पाएको वताए । वडा नम्वर ४ को वडा कार्यालय भवन ८६ लाख ४४ हजार ४ सय ४४ रुपियाँको लागतमा निर्माण हुने छ । केहि दिन अघि मात्र वडा नम्वर ८ को वडा कार्यालय भवन शिल्यान्यास गरिएको थियो । वडाध्यक्ष रोहित चौधरीकी आमा सविता चौधरीले प्रदान गर्नुभएको २२ धुर जग्गामा वडा कार्यालय भवन शिल्यान्यास गरिएको हो । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार यसअघिनै नै आठ वटा वडा आफनै भवनमा छन । यो आर्थिक वर्षमा आठ वटा भवन निर्माण हुने छन । वाँकी चार वटा वडाको वडा कार्यालय भवन अर्को आर्थिक बर्षमा निर्माण गरिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes