कौसीखेतीका लागि आवश्यक सामग्री वितरण - Pahilo Online

कौसीखेतीका लागि आवश्यक सामग्री वितरण

मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको वडा नम्बर १ मा पर्ने पथरी बजार क्षेत्रमा कौसीखेतीमा सहयोग पुर्याउँदै आज नगरपालिका कार्यालयले खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ । वडाध्यक्ष बाबुराम एङ्देनको अध्यक्षताको कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कृषकहरुलाई सामग्री वितरणपछि बोल्दै शहरमा रहनेले समेत घरको कौसी (छत) मा सागसब्जी र फलफुल लगाएर आफ्ना आवश्यकता पुरा गर्न लाग्ने काममा नगरले सघाउ पुर्याउँदै जाने बताए ।

कार्यक्रममा, वडा सदस्य रोमान्सी धिमालले पनि मन्तव्य व्यक्त गर्नुभयो । नगरको कृषि शाखाले आयोजना गरेको कार्यक्रममा कौसी खेतीका बारेमा सहजिकरण गर्दै ४० जना घरधनीलाई प्रोब्याग, हजारी र स्प्रे ट्याङ्की वितरण गरेको शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो । नगरको कृषि क्षेत्रको १ लाख रुपैयाँ बजेट अन्तर्गत सो कार्यक्रम भएको हो ।

मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु
मोरङको पथरी शनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप वडा नम्बर २ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलीपकुमार राईले मन्तव्य व्यक्त गर्दै स्थानीय उद्यमशील बन्नुपर्ने कुरामा जोड दिँदै नगरले त्यसमा सदा साथ सहयोग पुरयाउनु बताए । आफ्नो क्षेत्रमा कुन उद्यम गर्दा सहज हुन्छ भन्ने कुरालाई ध्यान दिएर उद्यमशील बन्नु पर्नेमा उनको जोड छ ।

उद्घाटन् कार्यक्रम नगरको उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहालको अध्यक्षतामा सम्पन्न भएको छ । ८ दिने तालिममा २ नम्बर वडाका ४१ जनाको सहभागिता रहेको छ । कार्यक्रमका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गरे । उद्योग, पर्यटन तथा आपूर्ति मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा मोरङको पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना अनुरुप नगरपालिका कार्यलयमार्फत तालिम अघि बढेको हो ।

नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी प्रत्येक वडाबाट ७० प्रतिशत महिला हुनेगरी कम्तिमा ३०,३० जना छनोट गरिएको छ । वडा नम्बर १, २ र ३ मा सो कार्यक्रम लागू गरिएको छ । यसखाले तालिम वडा नम्बरमा ३ मा प्रदान भइसकेको छ । अव वडा नम्बर १ मा बाँकी छ । सो कार्यक्रमका लागि मन्त्रालयबाट २५ लाख रुपैयाँ विनियोजित भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes