मोरङ । मोरङ उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिबार बेलुका साढे ७ बजे उर्लाबारी नगरपालिका ४ स्थित पुर्वपश्चिम राजमार्गमा प्र १–०१–००१क १०३५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार प्रदिप धामी र सुदिप भुजेल गम्भिर घाईते भएका थिए । घाईते दुबैको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा रातको सभा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्रक र ट्रक चालक झापा कमल गाऊपालिका बस्ने भिम बहादुर दाहाल नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।