प्रदेश १ मा विभिन्न दुर्घटनामा परी ३ जनाको मृत्यु - Pahilo Online

प्रदेश १ मा विभिन्न दुर्घटनामा परी ३ जनाको मृत्यु

writer

ईलाम । इलामको माई नगरपालिका ७ साँगुरीटोलका ४७ बर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु
झापा । झापा मेचिनगर १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजे मेचिनगर १३ चारआलि स्थित पुर्व(पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे११प ११३१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मे११प ४४७८ नम्बरको मोटरसाईकल चालक अनन्त आचार्यको B&C  अस्पताल विर्तामोडमा उपचारको क्रममा रातको १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्को मे११प ११३१ नम्बरको मोटरसाईकलमा सवार २ जना समेत घाईते भई उपचार भईरहेको छ । दुवै मोटरसाईकल प्रहरीको नियन्त्रमा रहेको उक्त कार्यालयले जनाएको छ ।

ट्रकको ठक्करबाट १ जनाको मृत्यु
सुनसरी । सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा शुक्रबार राती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । राती पौने ११ बजे ईटहरीबाट दुहबी तर्फ आउदै गरेको को १९ प ६९७६ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट जादै गरेको द्यच् ण्ज्ञ(न्ऋ ण्घद्धज्ञ नम्बरको ट्रकले ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका ४ का २७ बर्षीय राजन चौधरीको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक तथा मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes