ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु - Pahilo Online

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चट्याङमा परी १ जनाको मृत्यु

writer

सुनसरी । सुनसरी ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नि चौधरीलाई ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर, ट्याङकर चालक सुनसरी ईटहरी १७ बस्ने कृष्ण न्यौपाने नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

चट्याङमा परी १ जनाको मृत्यु
तेह्रथुमको लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङमा परी मृत्यु भएको छ । बिहीबार १५स०० बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अबस्थामा बर्षासगै परेको चट्याङमा परि बेहोस भएका थिए । बेहोस खड्काको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेर्हथुमले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes