प्रहरी परिवारका लागी सिपमुलक सिलाई कटाई तालिमको समुदघाटन - Pahilo Online

प्रहरी परिवारका लागी सिपमुलक सिलाई कटाई तालिमको समुदघाटन

writer

मोरङ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा आज एक कार्यक्रम बिच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमरर अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र चन्द्रगढीमा संचालन हुने “सिपमुलक सिलाई कटाई तालिम”को संयूक्त शुभारम्भ गरिएको छ ।

क्षेत्रीय प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ६ महिना अवधीको सिलाई कटाई तालिमको समुदघाटन गर्नु हुदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले पूर्व तथा बहालवाला प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सिपबाट आय आर्जन बढ्न जाने र आश्रीत परिवार तथा सन्ततीहरुको वृत्ति विकाशमा टेवा पुग्ने अभिप्रायले यस्ता सिपमुलक तालिमहरु संचालन गरिएको बताउनु भएको छ ।

यस भन्दा पुर्व आठौं समुहसम्म उक्त सिलाई कटाई तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप नवौ समुहको तालिमलाई विपत ब्यबस्थापन गुल्म चन्द्रगढीबाट समेत संचालन गरिएको हो । दुबै स्थानमा आजबाट संचालन हुने तालिममा २१ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन । उक्त तालिम समुदघाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes