२ दिने जलरंग महोत्सव सम्पन्न - Pahilo Online

२ दिने जलरंग महोत्सव सम्पन्न

writer

पथरी शनिश्चरे । सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरी शनिश्चरेमा स्थानीयको उत्साहपूर्वकको सहभागितामा कला र पर्यटनलाई जोड्दै ‘पथरी शनिश्चरे जलरङ्ग महोत्सव २०७७’ सम्पन्न भएको छ । २ दिने महोत्सवको समापन कार्यक्रममा पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले कला साहित्यको प्रवद्र्धनमा नगरपालिकाले सदैव सहयोग पुर्याउने बताए । सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सरोजा खड्गी, एभरेष्ट आर्ट फ्यूजनका अध्यक्ष षडानन्द सुवेदी निश्चलले नगर प्रमुख राईलाई उनकै मुहारचित्रले सम्मानित गरे ।

मुहारचित्रबाट सम्मानित अन्य कलाप्रेमी सामाजिक अगुवाहरुमा, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव मेनुका राई, एभरेष्ट आर्ट फ्यूजनका पूर्व अध्यक्ष मूर्तिकार टीकाराम राई रहेका छन् । नगर उपप्रमुख यमुना विष्ट वास्तोला र १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देनलाई पनि मुहारचित्रले सम्मान गर्ने कार्यक्रम यथावत छ ।

कार्यक्रममा बोल्दै भक्तपुरका युवा चित्रकार दिपेन्द्रमान बनेपालीले कला र पर्यटन जोडेर गरिएको कार्यक्रमले दुवैतर्फको विकासमा उल्लेख भूमिका निर्वाह हुँदै जाने बताए । समापन कार्यक्रममा जलरंग कार्यशालामा सहभागि अन्तरराष्ट्यि तथा राष्ट्यि अतिथि जलरंग चित्रकार तथा सहभागि स्थानीय चित्रकारहरुलाई प्रसंशापत्र वितरण गरिएको छ । अगुवा २ दर्जन सहित स्थानीयले चित्रकारहरुले समेत पर्यटकीय क्षेत्र तथा मौलिक अवस्थाका चिनारीका सन्दर्भमा चित्रहरु तयार पारेका थिए ।

पथरी शनिश्चरे नगरपालिका कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीय एभरेष्ट आर्ट फ्यूजनको मुख्य आयोजना र कला साहित्य प्रवद्र्धन समितिको सहआयोजनामा वडा नम्बर १ स्थित शान्ति भूल्के सिमसार क्षेत्रमा जलरंग महोत्सव सञ्चालन भएको हो । महोत्सवमा कला र पर्यटनलाई जोड्ने योजनाका साथ शान्ति भूल्के सिमसार र नगरको प्रयास ः कला, संस्कृति र पर्यटन प्रवद्र्धनको आभास’ नारा अघि सारिएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार (के के) कर्माचार्यले महोत्सवको उद्घाटन् गर्दै शहरोन्मुख बन्दै गएको पथरीशनिश्चरे क्षेत्रले कला सृजनाप्रतिको जागरण ल्याएको उल्लेख गरे ।

प्राज्ञ एवम् वरिष्ठ कला समीक्षक मुकेश मल्लले नेपाली चित्रकलाको विगत र वर्तमान अवस्थाका बारेमा जानकारीपत्र प्रस्तुत गरे । फ्यूजनकी संस्थापक अध्यक्ष एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसभा सदस्य सरोजा खड्गीले आफ्ना आमा बुबाको नाममा स्थापना गरेर प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘विष्णु मीना ललितकला पुरस्कार’ समेत वितरण गरिएको छ । १० हजार राशी, मुहारचित्र, दोसल्ला र सम्मानपत्र रहेको सो पुरस्कार १ नम्बर प्रदेशका परम्परागत चित्रकलाका अगुवा विराटनगरका ध्रुवनारायण डंगोललाई प्रदान गरिएको छ ।

‘कला, संस्कृति र पर्यटन’ शिर्षकमा नगरका सामुदायिक माविस्तरीय चित्रकला प्रतियोगितामा वडा नम्वर ३ को जनता माविका बविन लिम्बू प्रथम, ७ को चन्द्रकिरातेश्वर माविका हाङ्छा राई द्वितीय र दुर्गा माविकी सुमी राई तृतीय भइ पुरस्कृत भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes