जनयुद्धको शुरूवात भएको दिन फागुन १ गतेको सम्झनामा कार्यक्रम - Pahilo Online

जनयुद्धको शुरूवात भएको दिन फागुन १ गतेको सम्झनामा कार्यक्रम

writer

कानेपोखरी । १० बर्ष सम्म चलेको जनयुद्धको शुरूवात भएको दिन फागुन १ गतेको सम्झनामा मनाईने जनयुद्ध दिवस शनिबार मोरङ्गको कानेपोखरी गाउँपालिका ६ बिहिबारेमा विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ। नेपाल कम्युनिष्ट पार्टि कानेपोखरीको आयोजनामा जनयुद्धको एक उद्गम क्षेत्र मानिने बिहिबारेमा दिप प्रज्ज्वलन गरि कार्यक्रम मनाइएको हो ।

नेकपा प्रदेश १ कमिटी सदस्य इन्द्र सुब्बाको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा नेकपा कानेपोखरी पार्टी इन्चार्ज राजेन्द्र मण्डल अविनास, सहायक इन्चार्ज अम्बिका अर्याल, पार्टी सचिव एवम् संघर्ष समितिका संयोजक मनोज राजवंशी, पार्टी कार्यालय सदस्य भोजबिर माझी लगायतले एकै साथ दियो बालेर कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुब्बाले जनयुद्धमा लागेकाहरुको योगदान अतुलनीय रहेको र उनिहरुको बलमा हामीहरुले यसरी स्वतन्त्र रुपमा आफ्नो अभिब्यक्ति प्रस्तुत गर्न सकेको बताउदै जनयुद्धमा सहादत पाउनेहरुको सपना पुरा गर्न सबै एक भएर अगाडी बढ्नुपर्ने कुरामा जोड दिए ।

त्यस्तै , कार्यक्रममा बोल्दै इन्चार्ज राजेन्द्र मण्डलले लामो समय चलेको जनयुद्धले देशमा शुशासन र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र यसको संरक्षण गर्नु नेकपाको दायित्व मात्रै नभई सम्पूर्णको रहेको बताए।हालै प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संसद विघटन मर्यादा विपरित, असंवैधानिक भएको जिकिर गर्दै तत्काल संसद पुर्नःगठन गर्न तर्फ लाग्न चेतावनी समेत दिए। साथै उनले हाल जनताको समस्या समाधान गर्न सरकार अघि बढेको तर त्यो सम्पूर्ण कार्य एक्लै नभइ सबै एकजुट भए मात्रै सम्भव हुने जानकारी दिए।

अन्त्यमा पार्टी सचिव एवम संघर्ष समिती संयोजक मनोज राजवंशी बोल्दै प्रतिगमनको विरुद्ध सबै जनता एक हुनुपर्ने साथै जनयुद्धमा सहादत भएका र घाईते अपांग, बेपत्ता सबैको राज्यले गम्भीर चासो लिनुपर्ने कुरा राखे। उनले प्रतिगमनको विरुद्ध सबै सचेत नागरिक एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes