ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु - Pahilo Online

ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु

तेह्रथुममा ७३ बर्षीया वृद्धाको लडेर मृत्यु

writer

मोरङ । मोरङ लेटाङ २ बस्ने ६७ बर्षीय रत्न बहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिवार दिउसो ४ बजे मोरङ सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले साईकलयात्री श्रेष्ठलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिवार अपरान्ह ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक धनकुटा साघुरिगढिका २९ बर्षीय अमिर राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

तेह्रथुममा ७३ बर्षीया वृद्धाको लडेर मृत्यु
तेह्रथुम । तेह्रथुम लालिगुरास ५ स्थितमा बस्ने ७३ बर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको छ । रातीको समयमा लालिगुरास स्थितमा रहेको पात्ले डाँडामा मंगलमायाको लडेर मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes