नगरमा लघु उद्यम विकास तालिम तथा बंगुर पकेट कार्यक्रम - Pahilo Online

नगरमा लघु उद्यम विकास तालिम तथा बंगुर पकेट कार्यक्रम

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप आज वडा नम्बर ३ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु भएको छ । वडा सदस्य फुलमाया दर्जीले प्रमुख अतिथिका रुपमा ८ दिने तालिमको उद्घाटन् गरे ।

कार्यक्रमका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गरेका छन् । उद्योग, पर्यटन तथा आपूर्ति मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा मोरङको पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना अनुरुप नगरपालिका कार्यलयमार्फत तालिम अघि बढेको हो ।

नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी प्रत्येक वडाबाट ७० प्रतिशत महिला हुनेगरी ३०,३० जना छनोट गरिएको छ । वडा नम्बर १, २ र ३ मा सो कार्यक्रम लागू गरिएको छ । सो कार्यक्रमका लागि मन्त्रालयबाट २५ लाख रुपैयाँ विनियोजित भएको छ ।

बंगुर पकेट कार्यक्रम
मोरङको पथरी शनिश्चरे २ मा बंगुर पकेट कार्यक्रम अघि बढाइएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै कृषि प्रधान नगरमा यसखाले उद्यमशीलताको कार्यक्रम अघि बढेकोमा खुसी व्यक्त गर्दै नगरले कृषकलाई व्यवसायमुलक बनाउने कुरामा सधैं ध्यान दिने बताइन् ।

कार्यक्रममा, कार्यपालिका सदस्य एवम् २ नम्बर वडा सदस्य अरुणा राई, कार्यपालिका सदस्य मायामेगी गुरुङ सहितले मन्तव्य व्यक्त गर्नुभयो । पथरी शनिश्चरे बंगुर पालन कृषक समूह मार्फत सञ्चालित परियोजना नगरपालिका कार्यालयको १० लाख, स्थानीय कृषकको ९ लाख २५ हजार गरी १९ लाख २५ हजार रुपैयाँमा सञ्चालन भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes