इटहरी उपमहानगरमा अपाङ्गगता भएका एघार सय जनाको स्वास्थ्य परीक्षण - Pahilo Online

इटहरी उपमहानगरमा अपाङ्गगता भएका एघार सय जनाको स्वास्थ्य परीक्षण

writer

सुनसरी । इटहरी उपमहानगरमा अपाङ्गगता भएका ब्यक्ति तथा वालवालिकाका लागि भएको निशूल्क स्वास्थ्य शिविरमा एघार सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविर माघ १८ देखि २७ गते सम्म आयोजना गरिएको थियो । प्रत्येक वडाका अपाङ्गगता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । इटहरी उपमहानगर, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।

माघ १८ गते वडा नम्वर २ को पूराणचौकमा अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम समन्वय समिति संयोजक उपमेयर लक्ष्मी गौतमले उदघाटन गरेकी थिइन् । त्यसपछि नौ दिनसम्म वडा वडाका पायक पर्ने स्वास्थ्य केन्द्र तथा स्थानहरुमा स्वास्थ्य शिविर संचालन गरिएको हो । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण सम्वन्धि परामर्श दिइएको छ । हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिएको छ ।

यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार गरिएको छ । उपमेयर लक्ष्मी गौतमका अनुसार सुरुमा सर्भे गर्दा इटहरीमा १८सय अपाङ्गगता भएका ब्यक्ति पाइएको थियो । यो स्वास्थ्य शिविरवाट परिचय पत्र वनाउन चार सय १३ जना छुटेको पाइएको छ । उनीहरुको परिचय पत्रका लागि सूचिकृत गरिएको छ । छुटेका ब्यक्तिहरुको परिचय पत्र वनाएर वडा वडा वाट वितरण गरिने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन् । उपमेयर गौतमका अनुसार स्वास्थ्य शिविरवाट थप उपचार गर्नुृपर्ने ब्यक्तिहरुलाई रेफर गरिएको छ । सेतो छडि, हिवल चेयर, कृतिम अंग प्रदान गर्नुृपर्नेहरुको सूचि तयार गरिएको छ उनीहरुलाई ती सामाग्री प्रदान गरिएको छ । आफनै गाँउ ठाँउमै स्वास्थ परीक्षण गर्न पाउदा अपाङ्गगता भएका ब्यक्तिहरु खुशी भएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes