विराटनगर महानगरको मुख्य तीन चोकमा आकाशे पुल निर्माण गरिने - Pahilo Online

विराटनगर महानगरको मुख्य तीन चोकमा आकाशे पुल निर्माण गरिने

writer

मोरङ । विराटनगर महानगरपालिकाका मुख्य तीन चो कन्चनबारी, बरगाछी र घाँस चोकमा आकाशे पुल निर्माण हुने भएको हो। विराटनगर–धरान सडक खण्डअन्तर्गत विराटनगर–३ र ४ लाई जोड्ने गरी कञ्चनबारी चोकमा, वडा नम्बर २ र ५ लाई जोड्नेगरी बरगाछी चोकमा तथा महावीर चोक (घाँस चोक) र गुद्री बजारलाई जोड्ने गरी बजार क्षेत्रमा आकाशे पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए। महानगरपालिकाले आकाशे पुल निर्माणका लागि गत वर्ष नै प्रक्रिया सुरु गरे पनि प्राविधिक कठिनाइले ढिलाइ भएको थियो।

‘आर्थिक तथा प्राविधिक मूल्यांकन प्रक्रिया सम्पन्न गरेर पुल निर्माणको आशयसहितको सात दिनको सूचना प्रकाशन गरेका थियौं,’ थापाले भने, ‘अहिले सात दिनको सूचना कटेर टेन्डर प्राप्त भएका निर्माण कम्पनिलाई सम्झौताका लागि हामीले चिठ्ठी पठाइसकेका छौं।’ रानी–इटहरी–धरान ६ लेन सडकअन्तर्गत पर्ने चोकहरुमा अधिक भिडभाड हुने गरेकाले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढाइएका थापाले बताए। सडक चौडा भएपछि सर्वसाधारणलाई बाटो काट्न सास्ती भएको र ट्राफिक व्यवस्थापन मिलाउन नसक्दा दुर्घटनाको जोखिम पनि उच्च भएकाले आकाशे पुल निर्माण गरिएको महानगरले बताएको छ।

पूर्ण ‘स्टिल स्ट्रक्टर’मा आधारित आकाशे पुल निर्माण हुने र अन्यत्र सार्नुपर्दा वा हटाउनु पर्दा पनि पुनः प्रयोगमा ल्याउने गरी पुलको डिजाइन भएको इन्जिनियर थापाले जानकारी दिए। इँटा र सिमेन्टको प्रयोग गर्दा खर्च बढी हुने र पुनः प्रयोग गर्न नसकिने भएकाले स्टिल स्ट्रक्चरमा निर्माण गर्ने महानगरको योजना छ।

पुल निर्माणकालागि कला विल्डर्स र आरके विल्डर्स कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ। पुल निर्माणका लागि महानगरपालिकाले २ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तीनवटै आकाशे पुल २५ मिटर लम्बाइका हुनेछन्। ३० मिटर चौडा सडकमा दुवैतर्फ ५÷५ मिटर फुटपाथ छोडेर आकाशे पुल बन्ने बताइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes