मोरङ र झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु - Pahilo Online

मोरङ र झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

writer

मोरङ । मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका १ मा सोमवार दिउँसो को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

स्कुटर चालक बेलवारी ४ का २७ बर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका ९ मा को १३ प २०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक गौरादह नगरपालिका ९ का ३९ बर्षीय पुरुषोत्तम फुँयलको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes