१७ वर्षिय किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ - Pahilo Online

१७ वर्षिय किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ

writer

कानेपोखरी । मोरङको कानेपोखरीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नसालु पदार्थ खुवाएर १७ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरी पक्राउ परेका हुन् ।

घटना गत बिहीबार रातिको हो । कानेपोखरी–२ चिसाङ्ग खोला नजिक किराना पसल सञ्चालन गर्दै आएका चौधरीले दुई साताअघि चिनजान भएकी ती किशोरीलाई आफ्नै घरमा बोलाएर रातभर बलात्कार गरेको खुलेको छ । ‘घर पुगेपछि कोठाभित्र लगे । ढोकाको चुकुल लगाएर मदिरा खुवाएपछि म बेहोश भए । त्यसपछि राती के–के भयो, मलाई थाहा छैन । एकैचोटि शुक्रबार कोशी अस्पताल आएपछि होसमा आएँ,’ ती किशोरीले भनिन् ।

उपचार र स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार बेलुका अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि किशोरी बलात्कृत भएको पुष्टि गरेका छन् । बलात्कार गर्नुअघि र पछि बारम्बार नसालु पदार्थ खुवाएर किशोरीलाई लट्ठ बनाइएको पनि चिकित्सकले बताएका छन् । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय पथरीले जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes