पशुपंक्षीका लागि निःशुल्क खोप कार्यक्रम - Pahilo Online

पशुपंक्षीका लागि निःशुल्क खोप कार्यक्रम

writer

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा पशुपंक्षीका लागि निःशुल्क खोप कार्यक्रम अन्तर्गत बाख्राका लागि पीपीआर रोग विरुद्धको खोप अभियान सोमबारबाट सुरु भएको छ । ‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने नाराका साथ पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र विराटनगरको सहयोगमा सप्ताहव्यापी खोप कार्यक्रम सुरु भएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वीरेन्द्रनगर सहकारीको स्थानीय संयोजनमा वडा नम्बर २ स्थित बोक्रेचोकमा आयोजित कार्यक्रमको उद्घाटन् गरिन् ।


कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले कृषि प्रधान नगरमा कृषि तथा पशुपंक्षीको व्यवसायिक बिकासका लागि यसखाले खोपले सघाउ पुर्याउने बताउनु भयो ।उनले खोप लगाएका बाख्राधनीलाई खोप कार्ड प्रदान गरिन्। पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर सहकारीका अध्यक्ष देवीप्रसाद दंगालले पनि शुभकामना मन्तव्य व्यक्त गरे ।

संघीय सरकार र प्रदेश सरकारमार्फत प्रत्येक वडाका लागि बाख्रामा लगाइने पीपीआर विरुद्धको खोप १५ हजार डोज उपलब्ध गराइएको छ । खोप लगाउने कामका लागि पुष्पबहादुर पौडेलको अगुवाईमा २१ जना पाराभेट्हरुको सहभागिता रहेको छ । पीपीआरपछि गाइ, भैसी र सँुगुरमा खोरेतको, सँुगुरमा स्वाइनफिवर, गाई र भैसीमा भ्यागुते र चर्चरे रोग विरुद्धको समेत खोप लगाइने कार्यक्रम रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes