नेकपाका दुई समूहबीचको झगडा कारण प्रदेश १ प्रदेशसभा बैठक बस्न ढिलाइ - Pahilo Online

नेकपाका दुई समूहबीचको झगडा कारण प्रदेश १ प्रदेशसभा बैठक बस्न ढिलाइ

writer

मोरङ । नेकपा ओली समूह र प्रचण्ड–माधव समूहबीच सहमति हुन नसक्दा प्रदेश १ प्रदेशसभा बैठक बस्न सकेको छैन। बैठक आइतबार २ बजे बोलाइएको थियो।आइतबार दुवै समूहका नेताहरु वार्तामा बसेका थिए। उक्त वार्तामा सहमति जुट्न नसकेको प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले बताए। आङ्बोका अनुसार वार्तामा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्नुपर्ने माग राखेका थियो। ओली समूहले भने सूचना टाँस गरी बैठक स्थगित गर्नुपर्ने माग राखेका थिए। दुवै समूहले आ–आफ्नो अडान नछोडेपछि सहमति जुट्न नसकेको हो। आङ्बोले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबुल हुनुपर्ने र संसदले दिएको फैसला सबैले मान्नुपर्ने बताए।

‘अब पनि छलफलबाट निश्कर्ष निस्किने केही पनि छैन। प्रक्रिया बमोजिम संसदमा टेबुल हुनुपर्छ। छलफल अगाडि बढनुपर्छ। संसदले दिएको फैसला सबैले मान्नुपर्छ। सूचना मात्र टाँसेर सदन रोक्न उपयुक्त हुँदैन,’ आङ्बोले भने, ‘१८ दिनपछि संसद बस्न खोज्दैछ। १८ दिन सम्म सरकारको तर्फबाट कुनै विकल्प खोजिएन। प्रदेशसभा नै बन्धक भइरहेको छ। बन्धक बनाउनु हुँदैन भन्ने हाम्रो माग छ।’

वार्तामा ओली समूहबाट आन्तरिक मामला मन्त्री रहेका हिक्मत कार्की र बिमल कार्की सहभागी थिए भने प्रचण्ड–माधव समूहबाट इन्द्रबहादुर आङ्बो, राजेन्द्र राई, र लक्ष्मण तिवारी सहभागी थिए। मुख्यमन्त्री राईविरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन्। तर, प्रस्ताव संसदमा टेबल हुन सकेको छैन। संसद बैठक माघ ७ मा तीन मिनेट बसेर बैठक स्थगित भएको थियो। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes