कानेपोखरी । मोरङ कानेपोखरी गाउंपालिका वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले कहीं उफ्रनु या दगुर्नु अनि पसिना निकाल्नुलाई मात्र खेल भन्न नसकिने भन्दै कुनै पनि राज्य र समाजको लागि त्यसको व्यवस्थित क्षमता र सम्भाव्यताको प्रदर्शन विद्यालाई नै खेल भएको बताएका छन् । आइतबार कानेपोखरी ७ स्थित मितेरी च्यालेन्ज कप अन्तरगत दोस्रो दिनको उद्घाटन गर्दै वडाध्यक्ष अधिकारीले ‘खेल अनुशासन र शारीरिक क्षमताको कलात्मक प्रदर्शन हो’ भने ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष अधिकारीले भने ‘खेलले राष्ट्रको सम्मान या राष्ट्रलाई नै प्रतिनिधित्व गरेको हुन्छ ।’ खेलले शारीरिक व्यायामसँगै शरीरमा ऊर्जा पैदा गर्ने हुँदा यसलाई निरन्तरता दिनुपर्छ ।’
आइतबार आइतबारेको खेलमैदानमा भएको खेलमा गाइघाटले प्यानल्टी सुटबाट विपक्षी ए पी एफ लाई पराजित गरेको थियो । कूल असी मिनेटको खेलको पहिलो हाफको तेश्रो मिनेटमा गाइघाटका खेलाडी दिवस भुजेलले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । यसलको वदला लिने प्रयास गर्दै ए पी एफ का सुदेस जवेगुले चौधौँ मिनेटमा गोल गरेर खेल लाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा थप गोल हुन नसकेर समय सकिएपछि दोश्रो हाफको समयभरि दुवै पक्षबाट गोल हुन नसकी समय सकिएको थियो ।
प्यानल्टी सुट मा टुंगिएको खेलमा दुवै पक्षबाट प्रहार गरिएका अंकहरुलाई गाइघाटका खेलाडी सुदेश जवेगुले निर्णायक सावित गरी टीमलाई विजयी बनाएका थिए ।
खेलको म्यान अफ द म्याच घोषित भएका शरद कुमार रईले नगद दुइ हजार पुरस्कार पाएका थिए । तेश्रो दिनको खेल डाँगीहाट फुटबल क्लव र सैनिक फुटबल क्लववीच हुने खेल तालिकामा उल्लेख गरिएको छ ।