१ महिने निःशुल्क ड्राइभिङ तालिम सम्पन्न - Pahilo Online

१ महिने निःशुल्क ड्राइभिङ तालिम सम्पन्न

writer

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे १० मा दलित सेवा संघ मार्फत दलित युवाहरुका लागि १ महिने निःशुल्क ड्राइभिङ तालिम सम्पन्न भएको छ । पुस २ गते सुरु भएको तालिमको आज समापनका अवसरमा प्रमुख अतिथिका रुपमा बोल्दै कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्यले दलित समुदायको उत्थानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजित तालिमले रोजगार बन्ने अवसर प्राप्त हुने बताए । उनका साथै वडा सदस्य मनकुमारी विश्वकर्मा, वडा सचिव ताराप्रसाद ढकाल सहितले सहभागिलाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा, तालिम सहजकर्ता पूर्ण चौहान र प्रशिक्षार्थी जीवन रसाइलीले मन्तव्य व्यक्त गरे ।

वडा कार्यालयको दलित लक्षित १ लाख रुपैयाँको बजेटमा सञ्चालित तालिममा वडाका ८ जनाको सहभागिता रहेको संघका कुबेरमान घतानीले जनाउनु भयो । कार्यक्रम संघकी वडा संयोजक उर्मिला महराको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes