उदयपुरमा दुई घरमा आगलागी हुदाँ ३५ लाख बराबरको क्षति - Pahilo Online

उदयपुरमा दुई घरमा आगलागी हुदाँ ३५ लाख बराबरको क्षति

writer

उदयपुर । चौदण्डीगढी नगरपालिका–५ सिवाईमा बिहीबार साँझ आगलागीमा करिब ३५ लाख रुपैयाँको क्षति भएको छ। आगलागीबाट दुई घर जलेर पूर्णरुपमा नष्ट भएको छ। भोलु चौधरीको घरबाट सल्केको आगोले उनका छिमेकी रामेश्वर चौधरीको घर जलेर नष्ट भएको हो। आगलागीबाट काठ, टाटिको बेरा र जस्तापाताको छानो भएको भोलुको दुई तल्ले घर, अन्नपात, भाँडा वर्तन, लत्ताकपडा, गरगहना, सुन चाँदी र नगद जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए।

रामेश्वरको घरको काठ, टाटीको बेरा र जस्तापाताको छानो भएको दुई तल्ले घर जलेको डिएसपी गौतमले जानकारी दिए। नेपाल प्रहरी, स्थानीय र चौदण्डीगढी नगरपालिका र सप्तरीको कन्चनरुप नगरपालिकाको दमकलले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। (थाहखवर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes