बन्दको अवज्ञा गरेर पसल खोलेको भन्दै तोडफोड - Pahilo Online

बन्दको अवज्ञा गरेर पसल खोलेको भन्दै तोडफोड

writer

मोरङ । प्रदेश १ को विराटनगर महानगरपालिका–२ मा हिजो बिहिबार बन्दको समयमा पनि अवज्ञा गरेर पसल खोलेको भन्दै नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले तोडफोड गरेका छन्। पसल बन्द गर्न आग्रह गर्दा सञ्चालकलले तातो तेल छर्कने प्रयास गरेकाले आक्रोशित भएर तोडफोड गर्नुपरेको बन्दकर्ताले बताएका छन्।

नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डलको नेतृत्वमा रहेको भीडले पसल तोडफोड गर्न थालेपछि मण्डलले रोक्ने प्रयास गरेका थिए। चिया पसल सञ्चालन गर्दा केही अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको सञ्चालकले बताए। तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेको छ भने खानेकुरा यत्रतत्र भएका थिए। त्यस्तै आफ्ना पाँच जना सहकर्मीलाई पनि प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित बन्दकर्ताले बा१६च ४४०४ नम्बरको कार तोडफोड गरेका थिए। तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ।

यता नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आमहड्तालको अन्तिम चरण ५ बजे) तिर बन्दको विरोध गर्दै जुलुस निकालेका थिए। अधिकांश प्रदेश सरकारको नियुक्ति सरकारी तलब खाइरहका कर्मचारीहरुले जुलुसको नेतृत्व गरेका थिए। ‘बन्द हड्ताल बन्द गर’ भन्दै जुलुस निस्किरहँदा बजारमा खुलेका केही पसल त्रासका कारण सटर तानेका थिए। उक्त जुलुसको नेतृत्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ’म अघि बढ्छु’का संयोजक भाष्कर खनाल र मन्त्री हिक्मतकुमार कार्कीका सचिवालयमा कार्यरत नवीन पहाडीलगायतले गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes