लाटिझोडा साझेदारी वनको साधारणसभामा पत्रकार सहित दुईजना सम्मानित - Pahilo Online

लाटिझोडा साझेदारी वनको साधारणसभामा पत्रकार सहित दुईजना सम्मानित

writer

पहिलो अनलाइन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा–६, मा रहेको लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

विहिबार भएको वन समूहको सम्पन्न साधारणसभाले वैज्ञानिक वन व्यावस्थापनमा वनको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार, प्रकाशन गरी सहयोग पुर्याएको भन्र्दै पत्रकार मोहन भट्टराईलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेका थिए । त्यसैगरी वन प्राविधिक सत्यनारायण मेहता र वन हेरालु राजकुमार विष्टलाई वन व्यवस्थापन र वन गतिविधिमा उत्कृष्ट काम गरेको भनी नगद तीन हजार सहित प्रशंसा पत्र र दोसल्लाले सम्मान गरीएको थियो ।

यस साझेदारी वनले आर्थिक बर्ष २०७६÷०७७ मा ३ करोड ४७ लाख ४४ हजार कारोबार गरेको छ । त्यसैगरी आर्थिक बर्ष २०७५÷०७६ मा वनले ३ करोड ५ हजार कारोबार गरेको वनको प्रतिवेदनमा उल्लेख रहेको छ । लाटीझोडा वन क्षेत्रको कुल वनको क्षेत्रफल २५६४.९४ हेक्टर मध्ये यस साझेदारी वनको क्षेत्रफल १६८४.४७ हेक्टर रहेको छ । बाँकी ८०.२० हेक्टर सामुदायिक वनले ओगटेको छ । यस क्षेत्रमा नमूना, हरियाली, सिद्धार्थ, सुन्दर आहाले, दिपज्योती र कालापानी गरी ७ वटा सामुदायिक वनहरु पर्दछ । यस साझेदारी वनले १४२०६ घरधुरी उपभोक्ताहरुलाई वनको संरक्षण र व्यवस्थापनमा प्रत्यक्ष सहभागिता गराई वन पैदावारको सुनिश्चतता प्रदान गर्नुको साथै उनिहरुको वन माथिको परम्परागत अधिकारको संरक्षण गरेको छ ।

साधारणसभा रुद्र प्रसाद पोख्रेलको सभापतीत्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र प्रसाद शाह रहेका थिए । साझेदारी वन महासंघ केन्द्रीय सदस्य निरा पोख्रेल, सामुदायिक वनहरुको तर्फबाट धनश्याम न्यौपाने, संचालक सदस्य लाल बहादुर वस्नेत लगाएतले मन्तव्यको क्रममा
साझेदारीले संरक्षण र वन विकासमा ध्यान दिनु पर्ने बताएका थिए ।

मा प्रकाशित

1 thought on “लाटिझोडा साझेदारी वनको साधारणसभामा पत्रकार सहित दुईजना सम्मानित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes