पथरी शनिश्चरे नगरका वडा वडामा लगत संकलन कार्य सुरु - Pahilo Online

पथरी शनिश्चरे नगरका वडा वडामा लगत संकलन कार्य सुरु

घर नक्सा सम्बन्धी कार्यविधि पारित

writer

पथरी शनिश्चरे । भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले अघि सारेको कार्यक्रम अनुरुप मोरङको पथरी शनिश्चरे नगरका वडा वडामा लगत संकलन कार्य सुरु भएको छ । नगरले प्रत्येक वडाका लागि नियुक्त गरेका ३,३ जना कर्मचारीमार्फत आज वडा नम्बर २, ३ र ७ मा लगत संकलन कार्य सुरु भएको छ । भोलीबाट अन्य वडामा पनि लगत संकलनको काम अघि बढ्ने नगरपालिका कार्यालयले जनाएको छ ।

आज वडा नम्बर ७ को उज्यालो टोलबाट फारम भरेर लगत संकलन कार्य प्रारम्भ गरिएको हो । त्यहाँका १५ घर परिवारको आज लगत संकलन भएको छ । २ को बुद्धचोकबाट र ३ को भोटघुम्ती क्षेत्रबाट लगत संकलनको काम थालिएको छ ।

कँही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएको तथा ऐलानी जग्गा भोग गरेकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने हुन्छ । नगरमा बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना गरी १० वडाबाट ३,३ जनाका दरले कर्मचारी नियुक्त गरिएको छ ।

घर नक्सा सम्बन्धी कार्यविधि पारित
नगर कार्यपालिकाको आइतबारको बैठकले घर नक्सा सम्बन्धी कार्यविधि पारित गर्नुका साथै विभिन्न बुँदाहरुमा निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले नक्सा पास नभइ पहिले नै बनेका घरहरुको अभिलेखिकरण गर्नका लागि घर नक्सा कार्यविधि पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

बैठकले, नगरका हाट बजारलाई ठेक्का लगाउने तथा पथरी बजारस्थित नगरको सपिङ कम्पेक्स निर्माणस्थलमा रहेका व्यवसायीहरुलाई १ नम्बर वडा समितिको समन्वयमा बजारको पिपलबोट क्षेत्रमा व्यवस्थापन गरिने निर्णय समेत भएको उनले बताए । साथै भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले अघि सारेको कार्यक्रम अनुरुप लगत संकलन कार्य अघि बढाउने र मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य तोकिए बमोजिम सम्पन्न गर्ने पनि निर्णय भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes