पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफलाई हराउँदै आर्मी च्याम्पियन - Pahilo Online

पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

writer

काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौंथो संस्करण प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको रोमान्चक फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । अन्तिम चार बलमा ३ विकेट गुमाएपछि एपीएफ उपाधिबाट बन्चित भएको हो । एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । उनले ७१ बलमा ६१ रन जोड्दै खराब सुरुवात गरेको एपीएफको इनिङ्स उकासेका थिए ।

यस्तै शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बनाए । सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर सुन्य रनमा आउट भए । सन्दीप जोराले २९ रन जोड्दा भुवन कार्की ९ रनमा आउट भए । कमल ऐरी २, अमर रौटेला १ र अविनास बोहोरा सुन्य रनमा आउट भए ।

आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३र३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे । मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३र१३ रन जोड्दा आउट भए । त्यस्तै अनिल मण्डल र बिक्रम शोब समान ११र११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए । एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १र१ विकेट लिए ।

उपाधिसंगै आर्मीले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ५ लाखमा चित्त बुझायो । आर्मीको यो पहिलो एकल उपाधि हो । यस अघि पहिलो संस्करणमा आर्मीले उपाधि पुलिससँग बाडेको थियो । यस्तै आर्मीले एपीएफसँग समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ । समूह चरणमा आर्मी एपीएफसाग ६ रनले पराजित भएको थियो । एपीएफ भने दोस्रो उपाधि जित्न असफल भएको छ । यस अघि एपीएफले सन् २०१८ मा उपाधि जितेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes