लागुऔषध कारोबारमा संलग्न भारतिय महिला सहित चार जना पक्राउ - Pahilo Online

लागुऔषध कारोबारमा संलग्न भारतिय महिला सहित चार जना पक्राउ

writer

मोरङ । मोरङ बिराटनगर १५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतिय महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी ४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले SPASMO-PROXYVON-७२० ट्याब्लेट र PHENERGEN –६० एम्पुल सहित पक्राउ गरेको हो ।

यसै गरी झापा दमक ८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई २ का २१ बर्षीय कनैया गनगाई र रतुवामाई ८ का २० बर्षीय राज कुमार गनगाई रहेका छन । शुक्रबार विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनिहरु दुबै जनालाइ नियन्त्रणमा लिएको थियो । नियनत्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ४ हजार ७ सय रुपैया समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसै गरी झापाको मेचीनगर(६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी(२ का ३१ बर्षीय सुजन परियार लागुऔषध सहित पक्राउ परेका छन । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes