काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा बहसका लागि कानुन व्यवसायीहरूको संख्या धेरै भएकाले अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले कम समय दिन थालेको छ । आजको बहसमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका छन् । कानुन व्यवसायी कोपिलप्रसाद अधिकारी बहसका लागि उभिएपछि प्रधानन्यायाधीश राणाले १० मिनेटमै बहस सिध्याउन आग्रह गरे । अधिकारीले भने आफूलाई १५ मिनेट दिन माग गरे । संवैधानिक इजलासमा आजका बहसकर्ताहरुलाई १५ मिनेट मात्र समय उपलब्ध गराइएको छ ।